दफा
कारागारको सुरक्षा
(१) कारागार तथा बन्दीको सुरक्षा तथा रेखदेखको लागि आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी रहनेछन्‌।

(२) कारागारको सुरक्षा व्यवस्थापन गर्न तथा बन्दीको रेखदेख गर्न खटिएका सुरक्षाकर्मी कारागार प्रशासकको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहनेछन्‌।

(३) यस ऐन बमोजिम थुना वा कैदमा रहेका महिला बन्दीको सुरक्षाको लागि सुरक्षाकर्मी खटाउँदा महिला सुरक्षाकर्मी खटाउनु पर्नेछ।

(४) कारागार प्रशासकले कारागार तथा बन्दीको सुरक्षाको लागि आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु पर्नेछ र यसरी सहयोग माग भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कारागारको सुरक्षाको लागि सुरक्षाकर्मी उपलब्ध गराउनु तथा सुरक्षा व्यवस्थाको लागि आवश्यक सहयोग गर्नु पर्नेछ।